जापानको एक रेस्टुरेन्टमा विस्फोट हुँदा ४२ जना घाइते

एजेन्सी । उत्तरी जापानी शहर सापपोरोको एक रेस्टुरेन्टमा आगोलागी हुँदा ४२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

आगोलागी कारण के हो भन्ने अहिले सम्म पनि खुलेको छैन् । तर ग्यास विस्फोटका कारण आगलागि भएको जनाइएको छ । जापानको तोयोहिरा जिल्लास्थित सापारो शहरमा भएको विस्फोटका कारण  रेस्टुरेन्ट पूर्णरुपमा ध्वस्त भएको छ ।

विस्फोटलगत्तै कतिपयले झ्यालका सिसा फोडेर भाग्ने क्रममा घाइते भएका हुन् । विस्फोटबारे अनुसन्धान थालिएको छ ।

विस्फोटपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । उक्त क्षेत्र आसपास सवारीसाधनमा रोक लगाईएको छ ।

आगो नियन्त्रणको लागी बीसवटा भन्दा बढि दमकल परिचालन गरिएको थियो । घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।  


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?