काठमाडौं । एनएमबी बैंकले आफ्नो शेयरधनीलाई ६ महिनाको अवधिमा ४५ प्रतिशत लाभांस दिने भएको छ ।
बैंकको ‘एफपिओ’ किन्न पछाडि हटेका शेयरधनीले ६ महिनाको अवधिमा ४५ प्रतिशत लाभांस पाउने भएका हुन् । अघिल्लो आर्थिक वर्षको नाफाबाट ‘एफपिओ’ शेयरधनीले समेत १५ प्रतिशत बोनस शेयर पाइसकेका छन् ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुले १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस दिदैछन् । बैंकले यहि पुस २६ गते २३ औँ वार्षिक साधारणसभा गर्दैछ । सो साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत लाभांस पारित गर्नेछ ।
बैंकले घोषणा गरेको लाभांस पुष ९ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्ने बताइएको छ ।
बैंकले गत जेठ र असारमा प्रति शेयर ३ सय ३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता ‘एफपिओ’ निष्काशन गरेको थियो । तर, त्यतिबेला सर्वसाधारण लगानीकर्ता आकर्षित भएका थिएनन्।
एफपिओ नै बिक्री नहुने अवस्थामा कर्मचारी सञ्चय कोषले अन्तिममा एक अर्ब रुपैयाँको खरिद गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया