काठमाडौं। मिसन डेभलपमेन्ट बैंक र सप्तकोशी डभेलपमेन्ट बैंकले वार्षिक साधारणसभा गर्दैछ ।
मिसनले यहि पुष २६ गते नवौं वार्षिक साधारणसभा डाकेको हो । बैंकले चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ। त्यस्तै बैंकले घोषणा गरेको बोनस शेयर पुस ८ गतेसम्म शेयरधनीले पाउनेछन् ।
बैंकले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।
यता सप्तकोशी डभेलपमेन्ट बैंकले यहि पुष २८ गते छैटौं वार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभामा सञ्चालक समितिले चुक्ता पूँजीको ५ दशमलब ०८ प्रतिशत नगद लाभांस र ३ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ।
पुस ५ गतेसम्म बैंकले घोषणा गरेको नगद लाभांस शेयरधनीले पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया