काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लब विजयी भएको छ ।
हल्चोकस्थित शसस्त्र प्रहरीको एपिएफ क्लबमा सोमवार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २५ औँ मिनेटमा संकटाका लागि इलोन म्याक्सवेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
खेलको पहिलो हाफसम्म १-० गानेल अन्तरले अगाडि रहेको संकटा क्लबले दोस्रो हाफमा थप दुई गोल ग-यो । दोस्रो हाफमा शुरुवाती समयमा नै फ्रेन्ड्सका लागि प्रिजेन तामाङले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।
खेलको ५४ औँ मिनेटमा ताम्पीले र ५७ औँ मिनेटमा दिपेश आलेमगरले समान एक-एक गोल गरे । निर्धारित समयसम्म फ्रेण्ड्स क्लबले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र हार बेहो-र्यो ।
जितपछि संकटाले लिगको शीर्ष स्थानमा रहेको मनाङ मस्याङदी बराबरी अंक बनाएको छ । दुवै क्लबको समान २४ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया