अर्पण र प्रियंकाको इन्टिमेट दृश्यसहित आयो ‘अनागत’ को टिजर (भिडियो)

काठमाडौं । फिल्म ‘अनागत’ को टिजर सार्वजनिक गरिएको छ । केही पृथक लाग्ने फिल्मको उक्त टिजरलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा अर्पण थापा र प्रियंका कार्कीको इन्टिमेट सिनलाई समेत समावेश गरिएको छ । फिल्ममा अर्पण थापा र प्रियंका कार्कीको मुख्य भूमिका रहनेछ । साम्तेन भुटियाले निर्देशन गरेको यो फिल्ममा अर्पण र प्रियंकासँगै प्रवीन खतिवडा, रोसिन सुवेदी, अरुण रेग्मी, सम्रान्त थापा, अनु शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै फिल्मको कथा चन्द्र के झाको हो भने प्रवचन श्रेष्ठ र साम्तेन भुटियाले कथालाई पटकथामा ढालेका छन् ।

समीर उपाध्यायको निर्माण रहेको फिल्मको सम्पादन निर्देशक भुटियाले नै गरेका हुन् । चलचित्र आउँदो माघ ११ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?