‘कागजपत्र’ को पोस्टरसँगै रिलिज मिति घोषणा

काठमाडौं । आउँदो चैत ८ गतेबाट प्रदर्शनमा आउने घोषणा गर्दै चलचित्र ‘कागजपत्र’ को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मका कलाकारलाई स्थापित गर्दै पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा नाजिर हुसेन, भोलाराज सापकोटा, शिल्पा मास्के, सरिता गिरी, लोकेन्द्र लेखक छन् ।

अपिल विष्टको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई कमेडी तथा सामाजिक कथामा निर्माण गरिएको फिल्म भनिएको छ ।

चलचित्रका निर्मातामा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटी रहेका छ्न भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माता छन् ।

चलचित्रमा निमेष श्रेष्ठको सम्पादन देख्न सकिनेछ भने क्यासिमिर डिक्सनको छायांकन रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?