एजेन्सी । स्वीडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविच अमेरिकन क्लब एलए ग्यालेक्सीमा नै रहने भएका छन् ।
इब्राहिमोविच आगामी सिजनसम्म एलए ग्यालेक्सी क्लबमा नै रहने पक्का भएको हो । अमेरिकी लिग मेजर लिग सकरमा एलए ग्यालेक्सीबाट व्यवसायिक क्लब फुटबल खेलिरहेका इब्राहिमोविच सन् २०१९ सम्म रहने भएको छ ।
३७ वर्षे इब्राहिमोविच गत मार्चमा मात्र म्यान्चेस्टर युनाइटेडबाट एलए ग्यालेक्सीमा आवद्ध भएका थिए । उनले यस सिजनमा ग्यालेक्सीबाट २७ खेल खेल्दै २२ गोल गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया