मुम्बईको एक अस्पतालमा भीषण आगलागी,  ८ जनाको मृत्यु, १ सय ४५ घाइते

एजेन्सी । भारतको मुम्बईस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।

एक सय ४५ जना घाइते भएका छन् । घाइते मध्य २८ जनाको अवस्था गम्भिर रहेकोजनाइएको छ ।  आगलागीमा परि ६ जनाको मृत्यु सोमबार भएको थियो भने थप २ को आज बिहान मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

मृत्यु हुनेमा ६ महिनाको बच्चा पनि रहेको अधीकारीहरुले जनाएका छन् । 

मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो । हिजो साँझ ४ बजे बाट शुरु भएको आगलागी दमकल पुग्दासम्म निकै फैलिएकाले ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

अस्पतालमा आगलागी भएपछि धेरै व्यक्तिले ज्यान जोगाउन छतबाट हाम फाल्दा उनीहरु पनि घाइते भएका बताइएको छ । अस्पतालको सबैभन्दो तल्लो तलाबाट आगलागी शरु भएको हो । आगो नियन्त्रणका लागि १० वटा दमकल परिचालन गरिएको थियो । 

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ भने अस्पलातमा उपचाररक्त बिरामीहरुलाई पनि छुटाछुटै अस्पलातमा सारिएको छ ।  आगलागीको कारण खुल्न नसकेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?