काठमाडौं । बायर्न म्युनिखले जित हात पारेको छ । आइतबार राति जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत भएको खेलमा म्युनिखले उल्फवर्गलाई ४-२ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।
बायर्नका लागि किङ्सले कोम्यानले दुई गोल त्यस्तै, थोमस मुलर रजमल मुसिआलाले समान एक एक गोल गरे ।उल्फवर्गका लागि जाकुब कमिन्स्की र माटीयास भानवर्गले समान एक एक गोल गरेका थिए ।
जितसँगै बायर्नले १९ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । उल्फवर्ग २९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया