भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलिया विजयी

एजेन्सी । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । 

दोस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले भारतलाई १ सय ४६ रनले पराजित गरेको हो । भारतले टेस्ट क्रिकेटमा बेहोरेको यो छैंटो हार हो । यस अघि भारत लक्ष्य पच्छ्याउँदा दक्षिण अफ्रिका र इंग्ल्याण्डसँग पराजित भएको थियो । दक्षिण अफ्रिकासँग २ र इंग्ल्याण्डसँग ३ खेलमा पराजित भएको थियो ।

 पर्थमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा ३ सय २६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मार्कस ह्यारिसले ७० रन, टिम हेडले ५८ रन, आरोन फिन्चले ५० तथा मार्सले ४५ रन जोडेको थिए । यता  भारतका इशान्त शर्माले सर्वाधिक ४ विकेट हात पारे । 

जवाफी मैदानमा ब्याटिङ गरेको भारतको पारी मात्र दुई सय ८३ रनमा समेटिएको थियो । भारतका लागि कप्तान विराट कोहलीले एक सय २३ रन तथा अजिन्क्या राहानेले ५१ रन बनाए । भारतको पारी ध्वस्त पार्ने क्रममा अस्ट्रेलियाका नाथन लियोनले ५ विकेट लिए ।

पहिलो पारिमा ४३ रनको अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो पारिमा भने २ सय ४३ रन बनाउँदै भारतसामु २ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, भारत मात्र १ सय ४० रनमा अलआउट भएको थियो ।  भारतका लागि अजिन्क्या राहाने र रिशव पन्तले समान ३०–३० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?