काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएसँगै बजारमा हरियाली छाएको छ ।
मंगलबार नेप्से परिसूचक ७६ दशमलव ६५ अंकले वृद्धि हुँदा बजार २ हजार १ सय ७७ दशमलव ४७ अंकमा पुगेर रोकिएको छ ।
सोमबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकहरुमा उल्लेख्य सुधार आएको जनाएसँगै त्यसको सकारात्मक असर बजारमा देखिएको हो ।
नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा लगानी उपसूचक सर्वाधिक ६।२५ प्रतिशत र वित्त कम्पनी उपसूचक ५।९४ प्रतिशतले बढेको छ ।
त्यस्तै विकास बैंक र हाइड्रोपावर उपसूचक पनि ५ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि २।३५ प्रतिशतले वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया