काङ्ग्रेस बैठकमा तनाव: जगदीश केसी र प्रकाशशरण महतबीच भनाभन, बैठक अवरुद्ध

काठमाडौं ।  ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको नेपाली काङ्ग्रेस महासमितिको बैठकको आज पाँचौ दिन पनि जारी राखेका थिए । तर, नेपाली काङ्ग्रेसको महसमिति बैठक अवरुद्ध भएको छ । 

काङ्ग्रेस नेता जगदीश केसी र प्रकाशशरण महतबीच भनाभन शरु भएपछि बैठक अवरुद्ध भएको हो । 

पार्टीको विधानलाई सङ्घीयता अनुसार परिमार्जन गर्न बसेको नेपाली काङ्ग्रेसको महासमिति बैठक मंसिर २९ गतेबाट शुरु भएको बैठकको  बन्द शत्र चलिरहेको छ । आज सकिने भनिएको बैठक बुधबारसम्म सम्पन्न हुने भएको छ । बैठक नै एक दिन ढिला सुरु भएको र बोल्ने सदस्य पनि थपिएकाले समय लम्बिएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?