काठमाडौं । नेपालका तीन जना युवा क्रिकेट खेलाडीलाई सुशिल कोइराला फाउन्डेसनले प्रायोजन गरेको छ ।
तीनै जना खेलाडीले भारतस्थित विरेन्द्र शहवागको अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्नेछन् । प्रशिक्षणका लागि भारत जान लागेका खेलाडीहरुमा यू-१६ टिमबाट रित गौतम र त्रितराज दाश रहेका छन् । त्यस्तै अर्को एक खेलाडीमा भुपेन्द्र उप्रेती रहेका छन् ।
कोइराला फाउन्डेसनले प्रायोजन गरेको तीनै खेलाडीले एक महिनासम्म भारतमा प्रशिक्षण गर्ने मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो । प्रशिक्षणका दौरान लाग्ने आधा खर्च भने विरेन्द्र सहवाग एकेडेमीले आधा रकम बेर्होने र बाँकी रकम फाउन्डेनले गर्ने बताइएको छ ।
प्रशिक्षक विनोद दाशका अनुसार कोइराला फाउन्डेसनले खेलाडीलाई छात्रवृद्धीमा प्रशिक्षण गर्न पठाउँदा आगामी दिनमा युवा खेलाडीलाई अझ प्रोत्साहन मिल्ने बताए । खेलाडी यहि बिहीवार भारत प्रस्थान गर्ने पनि बताइएको छ ।
तीनै जना खेलाडीले ब्याटिङको विशेष प्रशिक्षण लिने पनि दाशले जानकारी दिए । नेपालले आगामी अप्रिलमा यू-१९ विश्वकप छनोट प्रतियोगिता समेत खेल्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया