काठमाडौं । नेपाल टेलिकम सञ्चालक समितीले प्रतिशेयर ५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
टेलिकमको सोमवार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । टेलिकम कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल सरकार र सधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने बताइएको छ ।
विगत सात वर्षदेखि कम्पनी प्रति शेयर ४५ रुपैयाँ भन्दाबढी लाभांश दिँदै आएको थियो । गत आर्थिक वर्षमा कम्पनीले प्रति शेयर ५५ रुपैयाँ लाभांश दिदैं आइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया