भूकम्पले भत्काएको घरभित्र जन्मिएकी बालिकाको कथा : ३० घण्टापछि जिवितै उद्धार

लोकपथ
175
Shares

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पका कारण अहिलेसम्म ८ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । ३० हजारभन्दा बढी घाइते भएको बताइएको छ ।

हजारौं मानिस अझै पनि भग्नावशेषमुनि मृत्युसँग लडिरहेका छन् । उनीहरुको उद्धार कार्य तीव्र गतिमा भइरहेको छ । मानिसहरू रातभर आफ्ना प्रियजनहरूलाई खोजिरहेका छन् । भग्नावशेषमुनि ठूलो संख्यामा मानिस जिवित हुन सक्छन्, त्यसैले उद्धार टोलीले पनि निकै सावधानीपूर्वक काम गर्नुपर्ने हुन्छ । यसैबीच भूकम्पको विनाशको कथाहरू बाहिर आएको छ , जसले सबैको मन छोएको छ ।

The baby's mother and entire immediate family were killed in the earthquake, before extended family members pulled her from the rubble. /Rami Al Sayed/ AFP

भग्नावशेषमुनि जन्मिएकी शिशुकाे जिवितै उद्धार गरिएको छ । यो खबर सिरियाको हो । यहाँ भग्नावशेषमा फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् । ३४ वर्षीय खलिल अल शमीका अनुसार सोमबार सिरियाको जिन्डरेस सहरमा गएको भूकम्पले आफ्नो भाइको घर पनि ध्वस्त भएको थियो। पूरै भवन भग्नावशेषको थुप्रोमा परिणत भएको थियो । उनले आफ्नो भाइ र परिवारका अन्य सदस्यहरू खोज्न भग्नावशेष खन्ने क्रममा थिए।

Newborn baby tied to dead mother's umbilical cord survives earthquake - CGTN

यसै क्रममा उनले आफ्नी भाउजुको नाभीसँग जोडिएको सुन्दर बालिका देखे । तुरुन्तै उनले नाभी काटे। त्यसपछि ति बालिकालाई बाहिर निकाले भग्नावशेष पूरै हटाउँदा बालककी आमा मृत अवस्थामा फेला परिन् । बालिका अहिले अस्पतालमा छिन् र सकुशल छिन् ।

खलीलका अनुसार बालककी आमा एक–दुई दिनपछि बच्चा जन्माउने तयारीमा थिइन् तर भूकम्पपछिको धक्काले भग्नावशेषभित्र छोरीलाई जन्म दिएकी हुन् । करिब ३० घण्टापछि बालिकालाई सकुशल बाहिर निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?