अब के हुन्छ मेलम्ची आयोजना ? अन्योलताका बीच बोल्यो मन्त्रालय

काठमाडौं–मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीका म्यानेजर क्रिस्टियानो ग्रेको लगायतको टोली भागेर स्वदेश फर्किन लागेपछि खानेपानी मन्त्रालयले आयोजनाको कामको प्रगति र निकासका विषयमा केन्द्रीय रहेर एक विज्ञप्ति निकालेको छ ।

 मन्त्रालयका प्रवक्ता जगेन्द्र ठाकुरले मंगलबार निकालेको विज्ञप्तिमा विकसित परिस्थितिबाट आयोजनाको निर्माण कार्य प्रभावित नहुने स्पष्ट पारिएको छ ।

मन्त्रालयले निर्धारित कार्यतालिका प्रभावित नहुने गरी विभिन्न विकल्पका विषयमा छलफल भइरहेको भन्दै सीएमसी कम्पनीमार्फत नै पनि आयोजना निर्माण कार्य सम्पन्न गर्न सक्ने अवस्थाबारे पनि मन्त्रालय र मेलम्ची आयोजनाले विभिन्न विकल्प राखेर पराशर्म गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा क्रिस्टियानोलगायतका प्रतिनिधि अध्यागमनको निगरानीमा रहेको पनि जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?