पूर्व धावक केसी नगदसहित सम्मानित

काठमाडौं । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी नगदसहित सम्मानित भएका छन् । 

उनलाई रेडियन्ट रिडर्स एकेडेमीले नगदसहित सम्मान गरेका हुन् । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा रेडियन्टले आफ्नो वार्षिक खेलकुद दिवसको समापनका अवसरमा केसीलाई सम्मान गरेको हो ।

अखिल नेपाल फुटबल संघ ‘एन्फा’का अध्यक्ष कर्मा छिरिङ शेर्पा र रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले केसीलाई दोसल्ला ओढाउनुका साथै प्रशंसा पत्र र नगद १० हजार रुपैँया प्रदान गरी सम्मान गरे ।

केसीले सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एशियाली एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?