अमेरिकी राष्ट्रपति ट्रम्पको च्यारिटी फाउन्डेसन गैरकानुनी ढंगले सञ्चालन भइरहेको आरोप

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विवादित च्यारिटी फाउन्डेसनलाई बन्द गर्ने सहमति भएको छ । 

गैरकानुनी ढंगले सञ्चालन भइरहेको आरोप लागेपछि राष्ट्रपति ट्रम्प च्यारिटी फाउन्डेसन बन्द गर्न भएका हुन् । 

न्यूयोर्कको महान्यायाधिवक्ता बारबरा अन्डरवुडले ट्रम्पको च्यारिटी संस्था गैरकानुनी ढंगबाट सञ्चालन भएको र यसको दुरुपयोग भएको भन्दै ट्रम्प परिवारविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

महान्यायाधिवक्ता बारबराले राष्ट्रपति ट्रम्पले ब्यापारिक र राजनीतिक स्वार्थका लागि यो संस्था चलाएको भन्दै बन्द गर्न अपील गर्दै मुद्दा दायर गरेकी हुन् । 

यो संस्था बन्द भएपछि उसको सम्पत्ति दोस्रो च्यारिटीमा जाने भएता पनि  सो च्यारिटीमा राष्ट्रपति ट्रम्प, उनका तीन सन्तान भने सदस्य बन्न नपाउने अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?