एजेन्सी । उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।
राज्य सञ्चालित नाइल टिभीले जनाए अनुसार राजधानी कायरोको उत्तरमा रहेको बेहेरा प्रान्तमा रहेको उक्त भवन ग्यास सिलिन्डर विस्फोटका कारण भत्किएको हो । दुर्घटनामा दुई जना अझै बेपत्ता भएकाले भग्नावशेषमुनि बाँचेकाहरूको खोजी कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ ।
घटनास्थलमा ३० वटा एम्बुलेन्स पुगेर पीडितलाई नजिकैको सरकारी अस्पतालमा लगिएको छ भने भत्किएको भवनको वरिपरि प्रहरी घेराबन्दी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया