काठमाडौं । काबेली विकास बैंकले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ ।
सो बैंकले आर्थिक वर्ष २०७४ ७५ को मुनाफाबाट शेयर लाभांश वितरण गर्न लागेको हो ।
बैंक सञ्चालक समितिको मंगलवार बसेको बैठकले शेयर लाभांशसम्बन्धी निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त शेयर लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत तथा बैंकको साधरणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ ।
बैंकको हाल कायम रहेको २१ करोड पाँच लाख ९० हजार ४ सय शेयरपूँजीको ३५ प्रतिशत सात करोड सैतीस लाख ६ हजार ६४० को शेयर लाभांश प्रदान गर्न लागेको हो । शेयर लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी २८ करोड ४२ लाख ९७ हजार ४० पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया