काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पले मच्चाएको विनाशलाई सारा विश्वले तरंगित भएको छ । यस भूकम्पमा २९ हजार बढीले ज्यान गुमाएका छन् भने हजारौंको संख्यामा घाइते भएका छन् ।
संसारभरका मानिसहरू टर्की र सिरियालाई मद्दत गर्न आफ्नो हात बढाइरहेका छन्। हालै हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोली पनि पीडितलाई सहयोग गर्न अगाडि आएकी छिन् ।
एन्जेलिना जोलीले टर्की र सिरियामा भएको प्रकोपको हृदयविदारक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । अभिनेत्रीले एक भिडियो पनि सेयर गरेकी छिन्, जुन उद्धार कार्यमा संलग्न एक व्यक्तिको हो र उनी सहयोगको लागि अनुरोध गर्दैछन्।
यी तस्बिर र भिडियो शेयर गर्दै एन्जेलिना जोलीले लेखेकी छिन्, ‘मेरो मन सिरिया र टर्कीका जनतासँग छ । यति धेरै परिवार अहिले पीडामा छन्, उनीहरुको पीडा बुझ्न गाह्रो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया