टर्की-सिरिया भूकम्पमा ५० हजार भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान

लोकपथ
35
Shares

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पले विश्वभरका मानिसलाई त्रसित बनाएको छ । यस भूकम्पमा हालसम्म २८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघका राहत प्रमुख मार्टिन ग्रिफिथ्सले यो विनाशकारी भूकम्पमा ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको हुनसक्ने अनुमान लगाएका छन् ।

उनले खोजी र उद्धारकार्यलाई तिव्रता दिन पनि उनले आग्रह गरेका छन् । हालसम्म टर्कीमा २४ हजार ६ सय १७ र सिरियामा ३ हजार ५ सय ७४ जनाको ज्यान गएको छ ।

हजारौं उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?