काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति अकास्मात् धोक्रो बोकेर अस्पताल पुगे ।
पूर्वराष्ट्रपति बाराक ओबामालाई यो अवस्थालाई देख्दा सबैको नजर उनैमा अडिएको थियो । ओबामा सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल पुगेका थिए ।
पुस १० गते (२५ डिसेम्बर) क्रिसमस मनाउने तयारी नेपाल लगायत देश भर भइरहँदा अमेरिकाका पूर्वराष्ट्रपति भने उपहारको धोक्रो बोकेर अस्पताल पुगेका थिए ।
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेर क्रिसमसको अवसरमा त्यहा रहेका बालबालिकालाई उपहार बाँडेको समाचार सार्वजनिक भएको छ ।
यस्तो अवस्थामा ओबामालाई देखेर धेरै व्यक्ति आश्चर्यमा नै परे ।
उनले बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै तस्वीरसमेत खिच्नुका साथै उनले बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई भेटेर सहानुभूति समेत दिएका थिए ।
उनले अस्पतालमा ९० मिनेट बिताएका थिए । त्यस समयमा उनले चिकित्सक तथा नर्ससँग कुराकानी गरेको बासिंटन पोस्टमा उल्लेख गरिएको छ ।
बालबालिकालाई दिने उपहारको धोक्रो बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया