काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको चौंथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३९ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीको अग्रतालाई दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दा सिटीले ३-० गोलको अग्रता बनाएको छ । खेलको ६१ औं मिनेटमा एस्टनका ओली वाट्किन्सले गोल गरेपनि खेलमा फर्कन भने सकेन ।
जितसँगै सिटी २२ खेलमा ४८ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । एस्टन २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया