राष्ट्रिय भलिबल टिमकाे मुख्य प्रशिक्षकमा डी ब्रान्ट नियुक्त

लोकपथ
63
Shares

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकाे मुख्य प्रशिक्षकमा बेल्जियमका जान जोसे डी ब्रान्ट नियुक्त भएका छन् । जान डीलाई राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको नेपाल भलिबल संघका महसचिव रोशन श्रेष्ठले जानकारी दिए ।

बेल्जियम प्रशिक्षक जान डीलाई ६ महिनाको लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । उनले नेपालको महिला र पुरुष दुबै टोली हेर्ने छन् ।

महासचिव श्रेष्ठले प्रशिक्षक जान डी आगामी मार्च पहिलो हप्ता नेपाल आईपुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?