राष्ट्र बैंकले तोकेको सिमा भन्दा बढी कर्जा प्रवाह

लोकपथ
91
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले बिपन्न बर्ग क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्युततम सिमा भन्दा बढी कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा फाईनान्स कम्पनीह्रुले आफ्नो कर्जा सापटको न्यूनतम पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने छ ।

राष्ट्र बैंकको चालु आवको पुस मसान्तसम्मको तथ्यांक अनुसार बाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा सापटको छ दशमलव सात प्रतिशत अर्थात दुई खर्ब ८० अर्ब १७ करोड रुपैंयाँ कर्जा विपन्न बर्ग क्षेत्रमा प्रवाह गरेका छन् । यसैगरी बिकास बैंकहरुले पनि आफ्नो कुल कर्जा सापटको ११ दशमलव एक प्रतिशत अर्थात ४८ अर्ब २३ करोड रुपैंयाँ कर्जा विपन्न बर्ग क्षेत्रमा प्रवाह गरेका छन् ।

फाईनान्स कम्पनीहरुले भने यस अवधिमा आफ्नो कुल कर्जाको सात दशमलव तीन प्रतिशत अर्थात छ अर्ब २९ करोड रुपैंयाँ कर्जा विपन्न बर्ग क्षेत्रमा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत २०७९ पुस मसान्तसम्म बैंक तथा फाईनान्स कम्पनीहरुले कुल एक लाख ४८ हजार तीन सय ४२ ऋणीलाई दुई खर्ब १० अर्ब ४५ करोड कर्जा लगानी गरेका छन् । कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइएको पुनरकर्जा सुविधा २०७९ पुस मसान्तसम्म ११ अर्ब ७५ करोड लगानीमा रहेको छ ।

यसबिचमा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले संचालनमा रहेका पुनरकर्जा सुविधा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिता र प्रभावकारिताका सम्बन्धमा अध्ययन भैरहेको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?