काठमाडौं । समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोबाइल बैंकिङ्ग सेवालाई एफवान सफ्ट इन्टरनेशनल प्रा.लि. को बैंक स्मार्ट मोबाइल बैंकिङ्गमा परिवर्तन गरेको छ ।
फाइनान्सका ग्राहकहरुले अब मोबाइल बैंकिङ्गबाट एनसीएचएलको नेपाल पे क्युआर मर्चेन्टका साथै फोन पे को क्युआर मर्चेन्टहरुमा पनि भुक्तानि गर्न सक्ने छन् भने फाइनान्सले ग्राहकहरुलाई फोन पे को क्यु आर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ भने आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोबाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु पनि प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया