एजेन्सी । सिरियालगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत भएका अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन् ।
राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी गर्दै नयाँ रक्षामन्त्री छिट्टै नियुक्त गर्ने घोषणा गरेका छन् ।
म्याटिस आगामी फेब्रुअरीबाट सेवानिवृत्त हुने छन् । रक्षामन्त्रीको राजीनामालाई अमेरिकी राष्ट्रपति ट्रम्पका लागि अर्को ठूलो झट्काको रुपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमा बीबीसीले जनाएको छ ।
ट्रम्पले सिरियामा आईएसविरुद्धको लडाईं समाप्त भएको उद्घोष गर्दै त्यहाँ तैनाथ सम्पूर्ण सेनालाई अमेरिका फर्काउने घोषणा गरेका थिए । ट्रम्पको यो कदमले मध्यपूर्वको शान्ति व्यवस्थामा गम्भीर खलल आउने र रुसी प्रभाव बढ्ने रक्षामन्त्री म्याटिसको ठम्याइ छ ।
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ छन् ।
यसैबीच, बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी शून्य समुदायको सङ्गठन, स्लामिक स्टेट (आइएसआइएस) पराजित भएको बुधबार एक ट्वीट मार्फत् बताएका थिए ।
बेलायतले भने सिरियामा लडाकूहरु विरुद्धको लडाई अझै नसकिएकाले अहिले नै अमेरिकी सेना फिर्ता गर्ने बेला नभएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया