काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले ग्राहकहरुको अनुमति बिना एकतर्फीरुपमा कुनैपनि सेवा वापतको शुल्क लिन नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकको वित्तीय समाबेशिता तथा ग्राहक संरक्षण महाशाखाले सूचना जारी गर्दे उक्त व्यवस्था कार्यान्वनमा ल्याउन निर्देशन दिएको हो । राष्ट्र बैंकले सूचना मार्फत भनेको छ, बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति बिना एकतर्फीरुपमा कुनैपनि प्रकारको वित्तीय सेवा उपलब्ध गराई सो वापत शुल्क लिन नपाईने व्यवस्था गरिएको छ ।
ग्राहकको अनुमति बिना उपलब्ध गराइएका सेवा वापत कुनै शुल्क लिएमा १० प्रतिशत थप गरी ग्राहकको खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोले सेवाग्राहीले माग नगरेको सेवाबापत बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएको भएमा उक्त संस्थाको वेवसाईटमा उपलब्ध गराईएको गुनासो सुन्न अधिकारी समक्ष गुनासो गर्न राष्ट्र बैंकले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया