एजेन्सी । म्यान्चेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले दुई खेल गुमाउने भएका छन् ।
लुकाकुले चोटका कारण नव नियुक्त अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा शुरुवाती दुई खेल गुमाउने बताइएको छ । चोटका कारण मैदान बाहिर रहेका लुकाकुको अर्को साताको प्रशिक्षणमात्र सहभागी हुने बतायएको छ ।
लुकाकु मैदानबाहिर रहेपनि उनको स्थान पाउल पोग्बाले पाएका छन् । टिमको बर्खास्तीमा परेका जोसे मोउरिन्होले पोग्वालाई पछिल्ला तीन खेलमा फिट नभएको भन्दै बेन्चमा राखेका थिए । म्यान्चेस्टर युनाइटेडले शनिवार राति कार्डिफ सिटीविरुद्ध खेल खेल्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया