काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि सुरू हुने भएको छ । दुबै बैंकले यसअघि नै मर्जरमा जाने निर्णय गरिसकसको छन् ।
एकीकृत कारोबार हिमालयन बैंकको नामबाट हुनेछ ।
यसैबीच डाटा माइग्रेशन प्रक्रियाको लागि हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा, १० र ११ गते सबै सेवाहरू बन्द रहने भएको छ ।
यस्तै सिभिल बैंकको फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु बन्न रहने एक सूचनामार्फत दुबै बैंकले जानकारी दिएका छन् । राष्ट्र बैंकको नीतिअनुसार पछिल्लो समय धमाधम बैंकहरु मर्जरमा गइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया