काठमाडौं । अमेरिकी डलरको भाउमा तीब्र गिरावट देखिएको छ ।
गत सोमवार १ सय १५ रुपैयाँ ३४ पैसा पुगेको डलरको भाउ आज ‘शुक्रवार’सम्म १ सय ११ रुपैयाँ ८३ पैसामा झरेको छ। भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले राजिनामा दिएपछि डलरको भाउ बढेको थियो । तर तत्कालै सरकारले नयाँ गभर्नर नियुक्त गरेपछि डलरको भाउ घटेको हो ।
भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीच स्थिर बिनिमय दर भएका कारण भारु तलमाथि हुँदा नेपाली रुपैयाँको भाउ पनि झर्ने बढ्ने हुन्छ।
बिहीवार १ सय १२ रुपैयाँ ९५ पैसा रहेको डलरको भाउ एकै दिन एक रुपैयाँ १२ पैसाले झरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया