वीरगंज। वीरगंजमा नयाँ औषधी उद्योग सञ्चालनमा आउने भएको छ ।
वीरगंज–पथलैया औद्योगिक करिडरमा ३५ करोड रुपैयाँ लगानीमा नयाँ औषधी उद्योग एक महिनाभित्रै सञ्चालनमा आउन लागेको हो । उद्योगका प्रबन्ध निर्देशक बृजकिशोर चौबेका अनुसार वीरगंज महानगरको वडा नं ३२ चोर्नीस्थित प्राइम फर्मास्युटिकल्सले एक महिनाभित्रै उत्पादन शुरु गर्ने बताइएको छ ।
साथै १० जना व्यवसायीको लगानीमा उद्योग स्थापना भएको हो। यो उद्योगले क्याप्सुल, सिरफ, मलम, लोशनलगायतको औषधी उत्पादन गर्ने जनाएको छ । ५० जनाले रोजगारी पाउने यो उद्योगको १० करोड चुक्ता पूँजी छ ।
बैंकबाट २५ करोड ऋण लिएर उद्योग स्थापना भएको प्रबन्ध निर्देशक चौबेले बताए । योसँगै औद्योगिक करिडमा १४ वटा औषधी उद्योग सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया