काठमाडौं । अघिल्लो दिन तोलामा २ सय रुपैयाँले घटेर १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार थप २ सय रुपैयाँले घट्न पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा झरेको छ । यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै आज १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको स्थिरतालाई तोड्दै आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया