काठमाडौं । भारतीय कम्पनी एयर इन्डियाले ४७० वटा जहाज किन्न सहमत भएको छ । एयर इन्डियाले एसियामा हवाई यात्राको द्रुत विस्तारमा दावी गर्दै इतिहासमा विमानको सबैभन्दा ठूलो अर्डर गरेको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार एयर इन्डियाले बोइङसँग ३४ अर्ब डलर बराबरका २२० वटा जहाज किन्ने सम्झौता गरेको छ। तीमध्ये १९० वटा ७३७ म्याक्स मोडलका जहाज छन्। २० वटा ७८७ ड्रिमलाइनर्स र १० वटा ७७७ एक्स छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै बोइङसँग एयर इन्डियाले गरेको सम्झौतालाई ऐतिहासिक भनेका छन्।
एयर इन्डिया एयरलाइन्सको रूपमा १९३२ मा स्थापना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया