क्रिकेटर बन्ने सपना देखेका उल्सन श्रेष्ठ यसरी पुगे नेपाल आयडल

नेपाल आयडलले जन्माएका गायकको सूचीमा पर्छन् उल्सन श्रेष्ठ । उनलाई अझै पनि गायक भन्दा ‘नेपाल आयडलका उल्सन’ भनेर चिन्नेको संख्या बढी छ । प्रतियोगिताको फाइनलसम्म पुग्न नसकेपनि उनले जे जति नाम कमाएका छन् त्यो नेपाल आयडल कै कारण हो । 

आयडलबाट बाहिरिन साथ उल्सनले दुईवटा गीत बजारमा ल्याइसकेका छन् । ‘हुरी चल्यो’ बोलको गीत त केही समय यूट्युबमा ट्रेन्डिङमा समेत रह्यो । गीत उनी आफैले लेखेका हुन् । संगीत र स्वर पनि उनी आफैले भरेका छन् । त्यस्तै गीतको भिडियोमा समेत उल्सन आफैले अभिनय गरेका छन् । 

गीत लेख्ने, संगीत रचना गर्ने र गाउने त उनको रुचिकै विषय हुन् तर, अभिनय भने अरुको हुटहुटीले गर्दा ट्राइ गरेको उल्सनले सुनाए । 

एउटा गीत ट्रेन्डिङमा गइसकेपछि लगत्तै उनले अर्को गीत पनि बजारमा ल्याए । गीतले सोचे जस्तो चर्चा कमाएन । उनलाई चिन्ने जतिले त गीत राम्रै बनेको प्रतिक्रिया दिएकै हुन् । यद्यपी, उल्सनको चित्त बुझेको छैन । आफ्नो तेस्रो गीतलाई अघिल्ला गीत भन्दा विशेष बनाउनमा उनी जमेर लागिपरेका छन् । धेरै समय मिडिया र अन्य प्रोजेक्टबाट टाढा रहनुको कारण पनि यही भएको उनले बताए । 

गीत राम्रै बनेको जानकारी दिँदै उनले भने, ‘निकै समय र मिहिनेत खर्चेको छु, यसले राम्रै मार्केट लिन्छ होला ।’ 

आफ्नो गीतमा शब्ददेखि संगीत पनि आफैँ रचना गर्न मनपराउने उल्सन सानोहुँदा क्रिकेटर बन्ने सपना देख्थे । उनी थप्छन्, मलाई नेपाल आयडलले नै गायक ब्रन्न उत्प्रेरित गर्यो । 

गीत लेख्ने, संगीत रचना गर्ने र गाउने त उनको रुचिकै विषय हुन् तर, यसैलाई करियर बनाउने बारेमा उनले सोचेका थिएनन् । कक्षामा साथीभाइहरुका माझमा होस् या घरपरिवारका बीचमा उनी गुनगुनाइरहन्थे । संगीतको सारेगामाका बारेमा ज्ञान नभएपनि सूरताल राम्रै पक्डिने  भएकाले ‘नेपाल आयडल’ हुन लागेको खबर सुनेपछि उनलाई एकपटक जानैपर्छ भन्ने लाग्यो । परिवार र साथीभाइले पनि भाग लिने सल्लाह दिए । 

‘इन्डियन आयडल’, ‘अमेरिकन आयडल’ नछुटाइ हेर्ने उल्सनले रहरले ‘नेपाल आयडल’को अडिसन दिए । अडिसनमा निर्णायकहरुबाट राम्रो प्रतिक्रिया पाएपछि उनको ‘नेपाल आयडल’ बन्ने रहरले थप प्रोत्साहन पायो । अडिसन, गाला राउन्ड पार गर्दै उल्सनको नेपाल आयडल यात्रा टप ८ मा पुगेर टुङ्गियो ।

आफ्नो सांगीतिक यात्रा फर्केर हेर्दा उल्सन आफै दङ्ग पर्छन् । नेपाल आयडलले आफू के रहेछु र के चाहनछु भनेर चिन्न म२त गरेको उल्सन बताउँछन् ।

‘क्रिकेटर बन्ने सपना देख्थेँ, होटल म्यानेज्मेन्ट पढेँ तर अहिले भएँ गायक,’ मुस्कुराउँदै उनी थप्छन्, ‘लाइफ इज अन्प्रेडिक्टेबल’। 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?