काठमाडौं । नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी)ले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
बुझाइएको प्रतिवेदनमा १० जनालाई प्रतिवादी बनाइएको छ । १० जनालाई प्रतिवादीलाई खेलकुद ऐन अनुसार तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस गरिएको सीआईबीका प्रवक्ता कमल थापाले जानकारी दिए ।
नेपाली टी–२० लिग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पुस ९–२७ गतेसम्म आयोजना भएको थियो । प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया