काठमाडौं । नेपाली क्रिकेटर सागर पुन ७ महिना मैदान बाहिर रहने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेटर पुनको खुट्टामा चोट लागेपछि शल्यक्रिया गरिएको छ । जसका कारण उनी ६ देखि ७ महिना मैदान बाहिर रहने बताइएको छ । जारी एभरेष्ट प्रिमियर लिग ‘इपिएल’का दौरान उनको दाहिने खुट्टाको एंकलमा चोट लागेको थियो ।
नेपालको उमेर समुहको क्रिकेटबाट राष्ट्रिय टिममा पुगेका अलराउन्डर पुनले काठमाडौं किंग्सबाट ‘इपिएल’ क्रिकेट खेलेका थिए ।
ललितपुरविरुद्धको पहिलो क्वालिफायर्समा बलिङ गर्ने क्रममा पुन घाइते भएका थिए । उनले संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको एक दिवसीय र टि-ट्वान्टी क्रिकेट सिरीज गुमाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया