सावित्राको गोलमा हारबाट जोगियो नेपाल

लोकपथ
35
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग बराबरी खेलेको छ । बुधबार चेन्नईमाको जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको हो ।

नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गरिन् । त्यस्तै भारतका लागि सौम्या गुगुलोथ र इन्दुमथी काथिरेसनले समान एक एक गोल गरिन् ।  खेलको चारै गोल दोस्रो हाफमा भएको थियो । नेपालले दुई गोलको अग्रता उल्टाएर भारतसँग बराबरी खेलेको हो ।

खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । त्यसपछि खेलको ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै भारतको अग्रता दोब्बर बनाईन् ।

खेलको ९० औं मिनेटमा पुगेपछि नेपालले पेनाल्टिको अवसर पाएको थियो जसमा सावित्रा भण्डारीले गोल गर्दै नेपालका लागि खाता खोलिन् । त्यसपछि खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै २-२ गोलको बराबरीमा ल्याउदै नेपाललाई हारबाट जोगाईन् ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?