काठमाडौं । बढ्दो ट्राफिक जाम र भिडभाड विश्वका प्रमुख सहरको गम्भीर समस्याका रुपमा देखिँदै आएको छ । विश्वका हरेक ठूला सहरमा सवारीसाधनको चापका कारण छोटो दुरीको यात्राका लागि पनि घण्टौँ समय लगाउनुपर्ने बाध्यता छ ।
डेनमार्कको टमटम संस्थाले सार्वजनिक गरेको एक रिपोर्टमा विश्वका सबैभन्दा धेरै ट्राफिक हुने सहरहरुलाई समावेश गरिएको छ । ट्राफिक इन्डेक्स २०२२ नाम उक्त रिपोर्टमा सहरको बारेमा जानकारीका साथै कति किलोमिटरसम्म पुग्न कति समय लाग्छ भन्ने पनि जानकारी गराइएको छ ।
विश्वका शीर्ष १० शहरहरूमध्ये सबैभन्दा बढी ट्राफिक जाम र भीडभाड हुने सहरमा बेलायतको लण्डन पर्छ । लण्डनमा १० किलोमिटरको दूरी पार गर्न औसत ३६ मिनेट २० सेकेन्ड लाग्छ । लन्डनमा औसत गति १४ किलोमिटर प्रति घण्टा छ ।
दोस्रो नम्बरमा भारतको बैंगलोर रहेको छ । भारतको बैंगलोरमा एक व्यक्तिले १० किलोमिटरको दूरी पार गर्न २९ मिनेट १० सेकेन्ड लाग्छ ।त्यस्तै, तेस्रो नम्बरमा आयरल्याण्डको डब्लिन सहर रहेको छ, जहाँ १० किलोमिटरको दुरी पार गर्न २८ मिनेट ३० सेकेन्ड लाग्छ ।
त्यसपछि जापानको सपोरो, इटालीको मिलान, भारतको पुणे, रोमानियाको बुखारेस्ट, पेरुको लिमा, फिलिपिन्सको मनिला र कोलम्बियाको बोगोटा रहेको छ । जहाँ १० किलोमिटरको दुरी पार गर्न २८ मिनेट ३० सेकेन्ड लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया