काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ५ जनाको नाम सर्ट लिष्टमा परेको छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस गर्ने उपसमितिको बिहीबार बसेको बैठकले ५ जनाको नाम सर्ट लिष्टिङ गरेको हो ।
जसमा गोविन्द गुरुङ, प्रताप सुवेदी, बद्रीकुमार गुरागाइ, यज्ञ प्रकाश न्यौपाने र विष्णु देव यादव रहेका छन् ।
गत पुस १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सीईओका लागि दरखास्त आह्वान गरेको थियो । जसअनुसार २२ जनाको उम्मेदवारी परेको थियो ।
बिहीबारको बैठकले ती मध्ये शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्यांकनको आधारमा ५ जनालाई छनोट गरेको उपसमितिले जनाएको छ ।
छानिएकामध्येबाट सिईओका लागि प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ ।
यसअघिका सीईओ अनिल उपाध्यायको कार्यकाल सकिएसँगै रिक्त पदपूर्तिका लागि आह्वान गरिएको थियो ।
नयाँ सीईओको कार्यकाल आगामी ४ वर्ष रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया