स्कटल्याण्डसँगको खेलमा नेपाल कठिन मोडमा, एकपछि अर्को विकेट गिर्दा सम्हालिनै गाह्रो

लोकपथ
14
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत स्कटल्याण्डसँग दुई सय ७५ रनको लक्ष्य पाएको नेपालले एकपछि अर्को विकेट गुमाउँदा कठिन मोडमा पुगेको छ ।

नेपालले सस्तैमा पाँच विकेट गुमाउँदा जीतको सम्भावना टाढा बन्दै गएको छ। सुरुवात शानदार गर्दै पहिलो ओभरमै २३ रन बनाएको नेपालले १० ओभरमै पाँच विकेट गुमाएर ७७ रनमा सीमित बन्यो ।

नामिबियासँगको खेलमा शनदार शतक हानेका कुशल भुर्तेल आठ बलमा १६ रन बनाएर आउट भए। अरु तीन ब्याट्सम्यानले दोहोरो अंकको रन नै बनाउन सकेनन् । यो समाचार बनाउँदा क्रिचमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी छन् । २२ ओभर सकिँदा नेपालको जम्मा १४९ रन छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो। स्कटल्यान्डले भने ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको थियो । स्कटल्यान्डका लागि मिचेल लिस्क एक्लैले एक सय सात रन बनाए। सातौँ नम्बरमा ब्याटिङ गरेका लिस्कले ८५ बलमा नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर तीन विकेट लिए भने कुशल मल्लले नौ ओभरमा एक मेडन राख्दै ४९ रन खर्चेर दुई विकेट लिए।

सोमपाल कामीले नौ ओभरमा एक मेडन राख्दै ५२ रन खर्चेर एक विकेट लिए भने कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्रसिंह ऐरीले पाँच ओभरमा २५ रन खर्चेर एक–एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?