नेपालले स्कटल्याण्डलाई हरायो

लोकपथ
231
Shares

काठमाडौं । नेपालले स्कटल्याण्डविरुद्ध जित हात पारेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको हो ।

स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले अर्धशतकीय इनिङ खेले ।

नेपालका लागि कुशल भुर्तेलले १६ रन जोडे । आसिफ शेखले ९ रन बनाए । कुशल मल्लले ८१ रन जोडे । दिपेन्द्र सिंह ऐरीले ८५ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?