अमेरिकी पूर्वराष्ट्रपति ओबामाको सरल जीवनशैली, विलासी जीवन बिताउने नेताहरुका लागि राम्रो सिक

पछिल्लो केही दिन यता फेसबुक, ट्विटर, यूटियूब लगायत अन्य सामाजिक सञ्जालमा एउटा भिडियो र केही तस्वीरहरु भाइरल भइरहेको छ । 

उक्त कार्य प्रति संसारभरका सबै मानिसहरु आश्र्चयचकित भएका छन् । धेरै मानिसहरुले आफ्ने राष्ट्रको नेतृृत्वमा भएकाहरु पनि यस्तै भइदिए  हुन्थ्यो भन्ने पनि अपेक्षा गरिरहेका छन् ।

बुधवार अर्थात् डिसेम्वर १९ मा अमेरिकी पूर्वराष्ट्रपति बारक ओबामा वाशिंगटनमा रहेको बाल अस्पताल (चिल्ड्रेन नेसनल मेडिकल सेन्टर) मा धोक्रो बोकेर पुगे । 

‘सान्टा ह्याट' लगाएर उपहार बोकेर अस्पतालमा ओबामा पुगेपछि त्यहाँ उपचाररत बालबालिकाको मुहार हँसिला भएका तस्वीर र भिडियोहरु एकाएक भाइरल भए ।

अस्पतालमा ओबामा चर्को आवाजले ‘हो’ ‘हो’ ‘हो’ भन्दै सबैलाई सम्बोधन गरे । प्रसंगसँग जोड्दै उनले आफूले चडेर आएको जरायो  हिउँमा अड्केकोे र हिँडेरै सबैलाई भेट्न आएको बताए । 

ओबामाले त्यहाँ उपचाररत रहेका सबै बच्चाहरुसँग कुरा गरे भने हरेक खेल्ने ठाउँमा उनी रोकिए । उनले आफूले प्रत्यक्ष भेट्न नपाएका बच्चाहरुको लागि समेत बडा दिनको शुभकामना सन्देश छोडे्का थिए ।

ओबामालाई आफ्नो कोठाको ढोकामा देखेर एउटा सानो नानी आश्चर्यचकित भइन् ।  ओबामा उनको नजिक गए, निहुरिए र त्यो नानीलाई आफ्नो अङ्गालोमा लिए । 

अस्पतालको प्रशासनले ट्विट गर्दौ लेखेका थियो, “पूर्वराष्ट्रपति ओबामाको उपस्थितिले हाम्रो अस्पतालको गरिमा बढ्नुका साथै सबैको अनुहारमा खुशि ल्याएको छ ।”

उक्त ट्विटसँगै एउटा सानो भिडियो पनि छ, जसमा ओबामा आफैँ अस्पतालका कर्मचारी र बच्चाहरुलाई गीत गाउँनको लागि अगुवाई गरिरहेका थिए ।  

ओबामाले फेरी ट्विट गर्दै लेखे, ‘बाल अस्पतालमा भएका सबै कर्मचारी, उपचाररत बलबालिकाहरुलाई बडा दिन र विदाको धेरै शुभकामना । र सबैजनाई धेरै धन्यवाद कि तपाईहरुले मलाई आफ्ने सान्ता क्लजको रुपमा स्वीकार गर्नुभयो ।’

अस्पतालको साधारण ठाउँमा उभिएर बिरामीको तर्फबाट उनले अस्पतालका सबै कर्मचारीको प्रशंसा गरे । 

उनले भने, “अस्पलातमा नर्सहरु, डक्टरहरु हुनुहुन्छ र अन्य कर्मचारीहरु पनि हुनुहुन्छ जसले बिरामी भएका बच्चाहरुलाई स्याहार्नु हुन्छ, हेरचाहा गर्नुहुन्छ । बिरामी भएका नानीहरुको कुराहरु सुन्नुहुन्छ, ती नानीहरुको हात समाउनु हुन्छ । सबै भन्दा महत्वपूर्ण कुरा के हो भने,  तपाईहरुको कार्यबाट प्रवित्र आत्मा कस्तो हुनुहुन्छ भन्ने थाहा हुन्छ ।” 

उनले सन् २०१४ मा पनि उक्त अस्पलातमा पुगेका थिए । 

को हुन् त बाराक ओबामा ?

बाराक ओबामाको पुरा नाम हो, बाराक हुसेन ओबामा । सन् १९६१, ४ अगस्टमा जन्मेका ओबामा अमरिकाको ४४औं राष्ट्रपति हुन् । ओबामा  अमेरिकाको प्रथम अश्वेत अर्थात अफ्रीकी अमेरिकी राष्ट्रपति हुन् जसले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका थिए । 

ओबामा इलिनोइ राज्यबाट कनिष्ठ सेनेटर तथा २००८ मा अमेरिकाका राष्ट्रपति पदका लागि डेमोक्यार्टिक पार्टीका उम्मेद्वार थिए । ओबामाले हार्भर्ड ल स्कूलबाट सन् १९९१ मा स्नातक गरे, जहाँ उनी हार्भर्ड ल रिभ्यूका प्रथम अफ्रीकी अमेरिकी अध्यक्ष पनि भए । सन् १९९७ देखि २००४ सम्म इलिनोइ सेनेटमा तीन सेवाकाल पूरा गर्नु अघि ओबामाले सामुदायिक आयोजकको रूपमा काम गरे अनि नागरिक अधिकार अधिवक्ताका रूपमा प्रेक्टिस गरे ।

सन् १९९२ देखि २००४ सम्म उनले शिकागो कानून विश्वविद्यालयमा संवैधानिक कानूनको अध्यापन कार्य पनि गरे । सन् २००० मा अमेरिकी हाउस अफ रेप्रीजेन्टेटिभ सीट हासिल गर्न असफल भएपछि जनवरी २००३मा उनको नजर अमरिकी सेनेटतर्फ प-यो जहाँ उनले मार्च २००४ मा प्राथमिक विजय प्राप्त गरे र नोभेम्बर २००३मा सेनेटका लागि निर्वाचित भए ।

विश्व शान्तिका लागि पनि उल्लेखनीय योगदान पु-याएका बराक ओबामालाई वर्ष २००९ को नोबेल पुरस्कार प्रदान गरियो । सन् २००८ मा र फेरि २०१४ मा, उनी टाइम पत्रिकाको ‘प्रर्सन अफ द ईयर’ भएका थिए । 

अमेरिका विश्वकै शक्तिशाली मुलक हो ।  पूर्वराष्ट्रपति बाराक ओबामा सरल जीवनशैलीका कारण पनि उनी सबैको माझ लोकप्रिय छन् । राजनीति र राष्ट्रको सेवालाई दायित्वको रुपमा स्वीकारेर हरेक पद र प्रतिष्ठाको सम्मान गर्दै जनताका दुख र पीडामा साथै रहने बाराक ओबामालाई विशवभरका मानिसहरुले प्रशंसा र आदर गर्ने गरेका छन् । 

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा प्राय अच्चम लाग्दो कामहरु गरिरहेका हुन्छन्  । जुन साधारण व्यक्तिको विचारबाट हर्ने हो भने कुनै आवश्यक नै छैन् ।

ओबामा गएको महिना सिकागोमा रहेको ग्रेटर सिकागो फूड डिपोजिटरी(खाद्य वितरण केन्द्र) मा एकाएक पुगे । त्यहाँ काम गर्ने सबैजना ओबामालाई देखेर छक्क परे । ओबामाले झण्डै २५ मिनेट त्यहाँ बिताए । पछि फर्किने बेलामा हस्ताक्षर गरे र विदा भए ।

अमेरिकी पूर्वराष्ट्रपति ओबामा खासै आफ्नो प्रोटोकलको वास्ता गर्ने गरेका छैनन् । उनी सर्वसाधारण व्यक्तिहरुसँग बढि नजिक छन् । त्यसैले त कहिले मोर्निङ वाकमै बाटोमा भेटिन्छन् त कहिले रेस्टुरेन्ट वा अन्य कुनै सार्वजनिक ठाउँमा । कहिले छोरीहरुसँग पुस्तक पसल पुगेर लाइनमै बसेर पुस्तक किन्दै गरेको अवस्थामा पनि भेटिन्छन् ओबामा ।

तर, नेपालको सन्दर्भमा त्यस्तो केहि पनि हुने गरेको छैन् । नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफले सर्वसाधारणले दैनिक रुपमा धेरै नै सास्ती व्यर्होदौ आएका छन् । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका नजरमा आलोचित हुँदै आएका छन् । 

तर विदेश, त्यसमा पनि शक्तिराष्ट्र अमेरिकाको कुरा अलि बेग्लै छ । त्यहाँका भीआईपीहरु रवाफिलो भन्दा पनि सरल जीवन बाँचिरहेका हुन्छन् ।  राजनीतिलाई साँच्चै उत्तरदायी र सेवाको रुपमा अपनाउने गर्छन् । 

पछिल्लो दिनमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा छिन् । उनी आफ्ना शब्दले भन्दा पनि धेरै आफ्ने क्रियाकलापले धरे नै विवादित हुने गरेकी छिन् । 
दशैंकको टीकाको दिन विशिष्ट व्यक्तिहरुलाई घुँडा टेक्न लगाइएको प्रसंगबाट विवादमा आएकी राष्ट्रपति भण्डारीको छवि अहिले प्रहरी तालिम केन्द्रको जग्गा लिएर हेलिप्याड बनाउने र १८ करोडको गाडीको चर्चाले झन् धमिलिएको छ । 

उपराष्ट्रपति नन्दबहादुर पुन पनि आफ्नो कार्यालय लौनचौरस्थित समाजकल्याण परिषद्मा सार्ने कुराका कारण अहिले विवादमा तानिएका छन्  । प्रधानमन्त्री केपी शर्मा ओली त प्राय सधै विवाद मै हुन्छन् । 
पूर्वराष्ट्रपति भएर पनि ओबामाको सामान्य जीवनयापन नेपालमा विलासी जीवन बिताउने नेताहरुका लागि पनि एउटा राम्रो सिक हुन सक्छ । 

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?