काठमाडौं । शुक्रवारबाट रिलिज भएको शाहरुख खानको मोस्ट अवेटेड फिल्म ‘जिरो’ ले पहिलो दिन २० करोड १४ लाख कमाएको छ ।
यस फिल्म शाहरुख एक पुट्केको भूमिकामा देखिँएका छन् ।
फिल्म ४ हजार ३ सय ८० स्क्रिनमा एकसाथ रिलिज भएको थियो ।
फिल्म ‘जिरो’मा अनुष्का शर्मा र कटरीना कैफको पनि प्रमुख अभिनय रहेको छ ।
फिल्मलाई अब विकेन्ड र क्रिसमसको छुट्टीमा फाइदा मिल्ने ट्रेड एनालिस्ट तरण आदर्शले बताएका छन् ।
आनन्द एल रायले निर्देशन गरेको फिल्म ‘जिरो’ २ सय करोडमा बनेको हो ।
यस फिल्मको एक गीतमा बलिउड सुपरस्टार सलमान खान र शाहरुख दुवै देखिएका थिए ।
स्वर्गीय अभिनेत्री श्रीदेवीको एक झलक पनि यस फिल्ममा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया