पुनः १३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
21
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सोमबार पुनः १३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार जारी मिति भने फागुन १० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । सो दिन बिक्री हुने कुल ट्रेजरी बिल मध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ चैत्र सात गते, २०८० जेठ नौ गते र २०८० भदौ पाँच गते तोकिएको राष्ट्र बैंकको भनाई छ । यि ट्रेजरीहरुमा २८ दिने अवधिको पाँच अर्बको नयाँ रहेपनि बाँकी भने पुरानो नवीकरण अन्तर्गतको रहेको छ । यसअघि यही फागुन दुई गते पनि१३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?