कृषि विकास बैंकको सीईओमा गोविन्द्र गुरुङ नियुक्त

लोकपथ
63
Shares

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओको रुपमा नियुक्त गरेको हो ।

यसअघि सीईओ पदका लागि २२ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये ५ जना सर्ट लिस्टिङमा परेका थिए । त्यसमध्ये अन्तर्वर्ता र अन्य चरणबाट गुरुङ सीईओ नियुक्त भएका हुन् ।

यसअघि उनी सिभिल बैंकमा समेत सीईओको रुपमा काम गरेको अनुभव रहेको छ । भने उनले म्यानमार सिटिजन बैंठकको सीईओको रुपमा समेत काम गरेका छन् ।

उनीसँग २२ वर्ष विभिन्न बैंकमा काम गरेको अनुभव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?