काठमाडौँ, ६ कात्तिक – आगामी १० मंसिरमा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ८०२ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेश सभाका लागि ४८२ ले उम्मेदवारी दिएका छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ गरी १११ सिटका लागि प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगले आइतबार शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया