नयाँ दिल्ली । भारतीय क्रिकेटर विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाउने खेलाडी बनेका छन् ।
अस्ट्रेलियाविरुद्ध दिल्लीको फिरोजशाह कोटला रंगशालामा भएको दोस्रो टेस्टको तेस्रो दिन यो उपलब्धि हासिल गरेका हुन् ।
आइतबार विराट कोहलीले आफ्नो करियरको ५४९ औँ अन्तर्राष्ट्रिय खेलमा यो उपलब्धि हासिल गर्न सफल भए ।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ हजार ४३७ रन बनाउने सचिन तेन्दुलकरले ५७७ खेलमा यो उपलब्धि हासिल गरेका थिए । यो सूचीमा अष्ट्रेलियाका रिकी पोन्टिङ तेस्रो नम्बरमा छन् ।
उनले ५८८ खेलमा यो २५ हजार रन पुरा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया