ला लिगा लिगा फुटबलमा बार्सिलोना र एथ्लेटिको म्याड्रिड विजयी

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत बार्सिलोना विजयी भएको छ । 

आफ्नो घरेलु मैदानमा शनिवार राति सम्पन्न भएको १७ औँ चरणको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई २-० गोल अन्तरले पराजित गरेको हो । यो जितपछि उपाधि होडमा रहेको बार्सिलोनाले ३ अंकको अग्रता बनाएको छ ।

खेल शुरु भएको १० मिनेटमा नै ओसुमाने डेम्बेलेको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । एक पक्षिय रहेको खेलको पहिलो हाफ सकिनै लाग्दा कप्तान लियोनेल मेस्सीले गोल गर्दै खेललाई दोब्बर अग्रता दिलाए ।

निर्धारित समयसम्म सेल्टा भिगोले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० को हार बेहोर्यो । जितपछि बार्सिलोना ३७ अंकका साथ लिगको शीर्ष स्थानमा छ ।

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले स्पानियोललाई १-० गोल अन्तरले पराजित ग-यो । जितसँगै एथ्लेटिको म्याड्रिडले ३४ अंक बनाएको छ ।

यता एथ्लेटिको बिल्बाओ र रियल भाल्लाडोलिटबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । त्यस्तै रियल बेटिसले इबोरलाई एक-एक गोलको बराबरीमा रोक्दै अंक बाडेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?